काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय ७९ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या ३ हजार ३१ पुगेको छ ।
मन्त्रालयका अनुसार आज १ सय ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको छ । हाल देशभर १ हजार ६ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ३ हजार ५ सय ६५ जनाको पीसीआर परीक्षण गरिएको छ ।