काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले वृद्वि भएको छ । बिहीबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै आज तेजावी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मुल्यमा पनि सामान्य वृद्वि भएको छ । आज चाँदीको मुल्य ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।