काठमाडौं — काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा कार दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । बा.१० च २८६४ नम्बरको कार दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको ज्यान गएको ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।
मुलपानीदेखि जडिबुटीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर सडकको बारमा ठोेक्किएको थियो । कार चालक विरेन्द्र राज श्रेष्ठलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको छ । चालक श्रेष्ठलाई सवारी ज्यान अन्तर्गतको कसुरमा मुद्दा चलाइने महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जानकारी दिएको छ । डितमको शव ट्रमा सेन्टरमा राखिएको छ ।