काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज थप १ सय ५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ । मन्त्रालयका अनुसार आज कोरोना भाइरसको सङ्क्रमणका कारण १ जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ३१ पुगेको छ ।
मन्त्रालयका अनुसार आज ६५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ । हाल देशभर १ हजार ५ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ४ हजार २ सय १३ जनाको पीसीआर परीक्षण गरिएको छ ।