काठमाडौं — साताको अन्तिम कारोबारको दिन आज सेयर बजार १२ दशमलव ८८ अङ्कले वृद्वि भएको छ । ० दशमलव ४९ प्रतिशतले बढेको बजार २ हजार ६ सय ३१ दशमलव ८९ बिन्दुमा पुगेर अडिएको छ । आज ७ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल्स तथा पर्यटन बाहेक सबै समूह, जीवन बीमा समूह, लगानी समूह, म्युचुअल फण्ड बाहेक सबै समूहहरुमा आज वृद्वि भएको छ । होटल्स तथा पर्यटन समूह ७७ दशमलव २२ अङ्कले घटेको छ भने जीवन बिमा समूहतर्फ ५६ दशमलव ६६ अङ्कको गिरावट भएको छ । म्यूचुअल फण्ड ० दशमलव ३ अङ्क र लगानी समूह १ दशमलव ९ अङ्कले घटेको छ ।
सान्जेन जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्वि भएको छ । यसको सेयर मूल्य ३ सय ८५ रुपैयाँ पुगेको छ । दोस्रो बढी सेयर मूल्य बढ्नेमा युनाइटेड फाइनान्स रहेको छ । यसको सेयर मूल्य प्रतिकित्ता ४ सय २० रुपैयाँ रहेको छ ।
आज चन्द्रागिरीको सेयर मूल्य भने ७० रुपैयाँले घटेको छ । यसको सेयर मूल्य आज २ हजार ५० रुपैयाँ कायम भएको छ । नेपाल पूर्वाधार बैंकको ५ सय ९२ रुपैयाँ प्रतिकित्ता सेयर छ । आज अपर तामाकोशीको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । यसको २९ करोड ५६ लाख ३५ हजार ८ सय २ रुपैयाँ बराबरको सेयर कारोबार भएकोे छ ।