काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्वि भएको छ । महासंघका अनुसार बुधबार तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९सय रुपैयाँले बढेर तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच आज चाँदीको मूल्यमा पनि सामान्य वृद्वि भएको छ । बुधबार तोलामा १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।