काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुन तोलामा ८५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । मंगलबार तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।