काठमाडौं – महोत्तरीबाट बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिएका छन् ।
बेपत्ता भएका किशोरीहरुको अभिभावक र प्रहरी टोली त्यहाँ पुगेको बताउँदै उनले नेपाल ल्याउने काम भइरहेको समेत जानकारी दिएका छन् । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा खोजि गर्दा फेला परेका हुन् ।
धरमपुरमा घाँस काट्न गएका उनीहरु मंगलबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किएपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।
सम्पर्कविहीन भइ हाल भारतमा भेटिएकाहरुमा स्थानीय १३ वर्षीय ज्योति पासवान, १० वर्षीय रंजना पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १८ वर्षीय अस्मिता पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् ।