काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट भएको छ । महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुन तोलामा ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । सोमबार तोलामा १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।