नयाँदिल्ली

भारतमा ५९ हजार १ सय १८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६ सय ५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ सय ५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९ सय ४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये चार लाख २१ हजार ६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ६४ हजार ६ सय ३७ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा गत जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ५० भन्दा बढीले खोप लगाइसकेका छन् । त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ८६ लाख तीन हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बिहीबार एकै दिनमा ११ लाख ७ हजार ५६ भन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।