काठमाडौं – बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार आज ज्योति लाइफको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड हुने भएको छ । ज्योती लाइफको आइपिओमाकुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सर्वसाधारणलाई बिक्री गरिएको ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १२ लाख १० हजार भन्दा धेरैको हात खाली हुने भएको छ ।
ज्योति लाइफको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भाग्यमै भर पर्नुपर्ने भएको छ । १८ लाख ४ हजार ६ सय ४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका हुन । यो मागको तुलनामा ६ दशमलव ४ गुणा बढी हो ।