काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुन तोलामा ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यमा भने गिरावट भएको छ । बुधबार तोलामा १ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा १० रुपैयाँले गिरावट भएको छ । यससँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।