काठमाडौं – सर्लाहीको लालबन्दी नगरपालिका–७ मा ना२ह ५९३६ नम्बरको अटो चेक गर्ने क्रममा सिटमुनि लुकाएर राखिएको अवस्थामा १५ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।
लागुऔषध गाँजा फेला परेपछि अटो चालक लालबन्दी–११ बस्ने ४७ वर्षीय सोमबहादुर स्याङतानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले दिएको सूचनाका आधारमा ईश्वरपुर नगरपालिका ८ वस्ने ३२ वर्षीय रामविश्वास राउत र महोतरीको सोनमा गाउँपालिका–४ वस्ने ३३ वर्षीय रमाशंकर राउतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
राउतद्वयलाई लालबन्दी नगरपालिका–७ कालिन्जोर खोलाबाट बीआर३०टी०१०३ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा नै नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।