काठमाडौं —नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि जर्मन सरकारले १० मिलियन युरो अनुदान दिने भएको छ । नेपालको तर्फबाट अर्थमन्त्रालयका सह–सचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो ।
यसले नीति र सार्वजनिक क्षेत्रलाई ग्रिड जोडिएको सोलार फार्म विस्तार, सोलार इरिगेसन विस्तार र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने छ । उक्त सम्झौतामा उल्लेख गरिएको छ ।


उक्त अनुदान सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुनेछ । ‘आजको सहयोगमार्फत् जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको छ र जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको छ,’ नेपालका लागि जर्मनी राजदूत सेइफेरले बताउनु भएको छ ।
आर्थिक वृद्धिका लागि ऊर्जा एक महत्वपूर्ण तत्व हो, तर ऊर्जा क्षेत्रले ग्रिन हाउस ग्यास उत्सर्जन गरिरहेको छ । यो विश्वव्यापी चुनौती सामना गर्न सबै मुलुक एक ठाउँमा आउन आवश्यक रहेको राजदूत सेइफेरको भनाइ छ ।