काठमाडौं – सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि बुधबार राति गुल्मीको कालिगण्डकी गाउँपालिका–२ मा ४ घर र मुसिकोट नगरपालिका–५ खरबाङमा ७ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभएको छ । सुख्खा मौससमा बनमा लागेको डढेलो हावाले उडाउँदा घरहरु जलेको प्रमुख जिल्ला अधिकारी रुद्र देवी शर्माले बताउनुभएको छ । आगलागीका कारण ११ घर जलेर पूर्णरुपमा नष्ट भएको र क्षतिको विवरण भने अझै आउन बाँकी रहेको छ ।
आगलागी भएको स्थानमा प्रमुख जिल्ला अधिकारीसहितको टोली गएका छन् । यस्तै, सोही जिल्लाको इस्मा गाउँपालिकामा रहेका सामुदायिक बनमा पनि केही दिनदेखि आगलागी भइरहेको छ ।