काठमाडौं – बुधबार सेयर बजार परिसूचक नेप्से ४१ अंकले वृद्वि भएको छ । परिसूचक नेप्से ४१ अंकले वृद्धिपछि नेप्सेको अंक २ हजार ५ सय ७० कायम भएको छ । यस दिन कारोबार रकममा पनि वृद्वि भएको छ । २ सय ८ कम्पनीको ६ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जलविद्युत समूह १४ अंकले घट्यो भने अन्य सबै समूहहरु बढेका छन् ।
बैंकिङ २२, ब्यापार ३ सय ८१, होटल तथा पर्यटन १ सय ७८, विकास बैंक २१, फाइनान्स २२, निर्जीवन बीमा २ सय २१, उत्पादन ५१, अन्य २०, माइक्रोफाइनान्स १ सय २२, जीवन बीमा १ सय ४१ र लगानी समूह ४ अंकले बढेका छन् ।
६ कम्पनीहरू साल्ट ट्रेडिङ, जलविद्युत लगानी तथा विकास कम्पनी, चन्द्रागिरि हिल्स, आरएसडिसी लघुवित्त, माउन्टेन हाइड्रो र कालिका पावर कम्पनीका सेयर लगानीकर्ताले १० प्रतिशत मूल्य कमाएका छन् । निरन्तर बढेको चन्द्रागिरिको मूल्य प्रतिकित्ता १ हजार ८ सय ९० रुपैयाँ कायम भएको छ । सेयर संख्या थोरै हुँदा कम्पनीको वित्तीय स्थिति मजबुत नहुँदा पनि चन्द्रागिरिको मूल्य उकासिएको हो ।
यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य ७ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय ८१ रुपैयाँ कायम भएको छ । कारोबारका आधारमा पनि सोही बैंक नै अग्रस्थानमा रहेको छ । ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
त्यस्तै माथिल्लो तामाकोसीको ४१ करोड बराबरको कारोबार भएको छ । रैराङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३ दशमलव ६ प्रतिशतले घटेको छ ।