काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिनको लागि सहमत भएको छ । नेकपाको नेपाल पक्ष सहमत भएसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद पनि जोगिएको छ ।
एमाले संसदीय दलको आज बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसदहरु पनि उक्त बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ,’ ‘त्यहीँ विषयमा जानकारी गराउन हाम्रा २ जना साथीहरु जानु भएको छ ।’