काठमाडौं – रुरु जलविद्युत परियोजनाले चैत २० गतेबाट आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले अङ्कित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरि प्रतिकित्ता १ सय २० रुपैयाँमा आईपीओको निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
कूल ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन गर्नलागेको हो । यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुको लागि छुट्याइएको छ । र बाँकी रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन पाउँने भएका छन् ।
यस परियोजनामा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आईपीओ बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला राख्ने छ । रुरु जलविद्युतको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
यस परियोजनालाई इक्रा नेपालले ग्रेड ३ रेटिङ दिएको छ । कम्पनीले पाएको यस ग्रेड रेटिङले औषतमा राम्रो भएको देखाउँछ । यसअघि रुरुले स्थानीयका लागि आईपीओ बिक्री गरिसकेको छ ।