काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुन तोलामा ८६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । सोमबार तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।