काठमाडौं – होली नजिकिँदै गर्दा दैनिक होलीका गीतहरु सार्वजनिक हुने क्रम बढ्दै गएका छन् । यसैबिचमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वर रहेको होली गीत ‘ह्याप्पी होली’ पनि सार्वजनिक भएको छ ।
सारिकाकै शब्द र योगेशको संगीत रहेको भिडियोमा शिव विकको कोरियोग्राफी र निर्देशन रहेको छ । यस भिडियोमा गायक योगेशकाजी, सुवासको अलवा दुर्गेश थापा र लोसिना लामिछानेको पनि अभिनय छ । यस भिडियोमा अजय रेग्मीको छायाँकन, मिलन विश्वकर्मा र पदम सुवेदीको छायांकन रहेको छ ।