एजेनसी –लेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । आइतबार राति भएको अन्तिम क्वाटरफाइनलमा म्यानचेष्टर युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै लेस्टरले अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा लेस्टरलाई जिताउन केलेची इहनाचोले २४औं र ७८औं मिनेटमा गोल गरे भने युरी थिलेमान्सले ५२ औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
युनाइटेडका लागि मासोन ग्रीनउडले ३८औं मिनेटमा १ गोल फर्काएका थिए । लेस्टरले अब फाइनल पुग्न साउथ ह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल चेल्सी र म्यानचेष्टर सिटीबीच खेल हुनेछ ।