काठमाडौं – भक्तपुरको सिर्जनानगरमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा ६ जना घाइते भएका छन् । आइतबार साँझ भिमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउँदा सिलिन्डर विष्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) दिपक गिरीले जानकारी दिएका छन् ।
विष्फोटबाट होटल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३९ वर्षीय टिकाराम बस्नेत, ३९ वर्षीया गीता कार्की र ३३ वर्षीय राजेन्द्र कार्की सुर्यविनायक–५ कटुन्जेका १७ वर्षीय विकास पौडेल, झापा घर भएका १९ वर्षीय आदित्य सुवेदी र १६ वर्षीय हिमुन्स थापा सामान्य घाइते भएका छन् । घाइतेहरुको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।