काठमाडौं – झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३ सय ५२ पुगेको छ ।
यहाँ ८ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । तीमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका ५ हजार ४ सय ५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका १ हजार २ सयले मात्र खोप लगाएका छन् ।
शिवसताक्षी नगरपालिकाका ४ हजार ७ सय ४९ ले, गौरादह नगरपालिकाका ४ हजार ६ सय ५३ ले, विर्तामोड नगरपालिकाका ३ हजार ७ सय ७३ ले, कनकाई नगरपालिकाका ३ हजार ४ सय ९९ ले, कमल गाउँपालिकाका ३ हजार २ सय ४८ ले र भद्रपुर नगरपालिकाका ३ हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।
यसैगरी मेचीनगर नगरपालिकाका २ हजार ८ सय ५४ ले, अर्जुनधारा नगरपालिकाका २ हजार ७ सय २३ ले, गौरीगञ्ज गाउँपालिकाका २ हजार ४ सय ५१ ले, कचनकबल गाउँपालिकाका २ हजार १ सय २३ ले, हल्दिबारी गाउँपालिकाका २ हजार १ ले, झापा गाउँपालिकाका १ हजार ८ सय २३ ले, बुद्धशान्ति गाउँपालिकाका १ हजार ७ सय ९ ले र बाह्रदशी गाउँपालिकाका १ हजार २ सयले उक्त खोप लगाइसकेका छन् ।
गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए ।