काठमाडौं – फागु पूर्णिमा नजिकिदै गर्दा होली गीत बजारमा आउँने क्रम बढेको छ । यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि होलीको गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेकी छन् ।
गीतमा दीपालाई सुमित खड्काले स्वरमा साथ दिएका छन् । निरज श्रेष्ठको संगीत रहेको उक्त गीतमा दीप नारायण राजवंशीको शब्द रहेको छ । दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, सुमन गिरी, किरण केसी, केदार प्रसाद घिमिरे, रवि डंगोल, अनुराग कुँवर, जयनन्द लामालगायतको अभिनय रहेको भिडियो दीपाश्रीले नै निर्देशन गरेकी हुन् ।

https://www.youtube.com/watch?v=9T-LgBMqx3M


भिडियोमा हरि हुमागाँइको छायाँकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यस गीतलाई दर्शकले मनपराउने दीपाले बताएकी छन् ।