काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्वि भएको छ । शुक्रबार तोलामा ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको हो । यस्तै आज तेजाबी सुन तोलामा ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।