इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब एसी मिलानलाई १–० को अन्तरले पछाडि पार्दै समग्रमा २–१ को जपतसहित युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
पहिलो लिगमा युनाइटेड र मिलानले १–१ गोलको बराबरीको खेल खेलेका थिए । मिलानको मैदानमा युनाइटेडलाई जित दिलाउनको लागि पाउल पोग्बाले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ मिनेटमा पोग्बाले गोल गर्न सफल भएका थिए । पोग्बाले गरेको त्यही गोल नै युनाइटेडका लागि निर्णायक बन्यो ।
४६ औं मिनेटमा मार्कुस रासफोर्डको स्थानमा मैदान प्रवेश गरेका पोग्बाले ३ मिनेटपछि नै गोल गर्न सफल भएका हुन् ।