काठमाडौं — हिमालय टीभीमा ‘जुठे’ नामक सिरियल प्रशारण हुन थालेको छ । बुधबारबाट यो सिरियल हिमालय टीभीमा प्रशारण सुरु भएको हो । प्रशारण भएको पहिलो भागमै दर्शकले यो सिरियललाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
सामाजिक बिषयवस्तुका आधारमा निर्माण गरिएको यो शोले दलित मुक्ती आन्दोलनको बिषयमा उत्पीडनको बिषयलाई चित्रण गरि यो सिरियल बनाइएको छ । यो सामाजिक सिरियलमा हिमालय टीभीमा वुधबार बेलुकी ८ बजेबाट प्रशारण हुन थालेको हो ।
यो सिरियलमा रवि गिरी, मुकुन्द मैनाली, रामबाबु रेग्मी, विद्या कार्की, मरिचमान श्रेष्ठ, राजु पौडेल, लगायतका कलाकारको अभिनय रहेको छ । राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्ने सिरियलमा रविन भट्टको सम्पादन रहेको छ । राजु पौडेल र मरिचमान श्रेष्ठ यो सिरियलका निर्देशक हुन् ।