काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर तोलामा १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।