काठमाडौं — महिला लघुवित्तको सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । उक्त कम्पनीको सेयर खरिदबिक्रीका लागि पहिलो कारोबार मूल्य नेप्सेले प्रतिकित्ता ३ सय १३ रुपैयाँदेखि ९ सय ३९ रुपैयाँसम्मको सीमाभित्र जुनसुकै मूल्यमा पनि पहिलो कारोबार हुन सक्ने भएको छ ।
महिला लघुवित्तको १० लाख कित्ता सेयर सूचीकृत भएको हो । सर्वसाधारणका लागि खुलेको आइपिओमा ३७ हजार ५ सय जनाले मात्रै १०–१० कित्ता पाएका थिए । लघुवित्तका १ सय ५३ जना कर्मचारीहरुलाई ५ हजार कित्ता शेयर बाँडफाँड गरिएको थियो भने सामुहिक लगानी कोषका लागि २० हजार कित्ता सेयर बाँडफाँड गरिएको थियो ।
महिला लघुवित्तले माघ ३० गतेबाट फागुन ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।