काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुुनको मूल्यमा सामान्य वृद्वि भएको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले वृद्वि भएको छ । आज छापावाला सुन तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोवार भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज तेजाबी सुन तोलामा ८६ हजार १ सय ५० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा कारोवार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ । चाँदी तोलामा एक हजार २ सय ७० रुपैयाँमा कारोवार भएको छ ।