काठमाडौं – स्वास्थ्य मन्त्रालयका अनुसार आज नेपालमा थप ४८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७५ हजार १ सय १८ पुगेको छ । हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १२ पुगेको छ ।
मन्त्रालयका अनुसार आज देशभर ६१ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७१ हजार १ सय ७७ पुगेको छ । देशभर हालसम्म ९ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर २ हजार ५ सय १२ पीसीआर परीक्षण भएको छ ।