काठमाडौं – गतबर्षको भदौमा रिलिज भएको चलचित्र ‘मारुनी’ युटुबमा सार्वजनिक भएको छ । दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाएको चलचित्रलाई बुढासुब्बा डिजिटलले युटुममा सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको केही घन्टामा नै चलचित्र ‘मारुनी’ युटुबको ट्रेन्डिङमा रहेको छ । चलचित्रलाई २० घन्टामा ३ लाख ६० हजार पटक हेरिएको छ । नवल नेपालको निर्देशनमा पुनम गौतमले बनाएको यो चलचित्रलाई युटुबमा पनि दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ ।
पुनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको छ । हलपछि युटुबमा पनि दर्शकले सुखद प्रतिक्रिया दिएपछि निर्मात्री पूनम गौतम उत्साहित भएकी छिन् । उनले, चाडै नै पूनम इन्टरटेन्मेन्टले नयाँ चलचित्र दर्शकमाझ लिएर आउने समेत जानकारी दिएकी छिन ।