काठमाडौं – पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट २०२१ को बाँकी खेलहरु आगामी जुनबाट गर्ने तयारी भएको छ । पाकिस्तान क्रिकेट बोर्डले सहभागी फ्रेन्चाइजसँग छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सुरु गर्ने निर्णय गरेको छ । प्रतियोगिताका बाँकी खेलहरु कराँचीमा हुने भएका छन् ।
खेलाडी र स्टाफहरुमा कोरोना भाइरस (कोभिड –१९)को सङ्क्रमण देखिन थालेपछि २ साता अघि नै प्रतियोगिता स्थगित गरिएको थियो । पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट खेल्न नेपालका खेलाडी सन्दीप लामिछाने पनि कराँची गएका थिए । तर लिग स्थगित भएपछि सन्दीप नखेली फर्किएका थिए । सुरुमा सन्दीप लामिछाने टिममा नरहेता पनि रासिद खानले कलन्दर्स छाडेपछि सन्दीपलाई टिममा राखिएको थियो ।