काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । मंगलबार तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६ सय रुपैयाँले बढेर तोलामा ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुन तोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच आज चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँले वृद्धि भएको छ । यससँगै आज चाँदीको मुल्य प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।