भारतमा गत २४ घण्टामा १५ हजार ३ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड १२ लाख ४४ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोभिड¬–१९ सङ्क्रमणको कारण ७७ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५७ हजार ९ सय ३० जना पुगेको छ । हाल भारतमा १ लाख ८७ हजारभन्दा बढी सक्रिय सङक्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय सङ्क्रमितको संख्या बढेको पाइएको छ ।
यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म १ करोड ८ लाख ९९ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी २ करोड ३० लाख व्यक्तिले खोप लगाईसकेका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद््ले मंगलबारसम्म देशभर २२ करोड २७ लाख २ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमबार एकै दिनमा सात लाख ४८ हजार ५ सय २५ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।