काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ८६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रुपैयाँले वृद्धि भएर ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज तेजावी सुन तोलामा ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आइतबार तोलामा १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार २ सय ६५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।