काठमाडौं – काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ प्रतियागितामा सुमन जोशी विजेता बन्न सफल भएका छन् । यति ग्रुपले आयोजना गरेको प्रतियोगिता शुक्रबार र शनिबार भएको थियो भने प्रतियोगितामा १ सय ५० गल्फ खेलाडी सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले एक पटक ‘होल इन वान’ प्रहार गर्ने मौका पाएका थिए । जसमा जोशीले यो सफलतासँगै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रायोजन गरेको किया सोनेट एचटिएक्स कार जित्न सफल भएका छन् ।