काठमाडौं – ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा हाइड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा शनिबार पहिरोले पुरिएर सुरुङमा काम गर्ने भोजपुर ओख्रेसाबु घर भएका २८ वर्षीय सन्तोष बानियाँ र उदयपुर पोखरी घर भएका २२ वर्षीय अम्बरबहादुर कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मिक्वाखोला गाउँपालिका –२ स्थित मिडिल तमोर सानिमा हाइड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुङ्गा र माटोसहितको पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।