काठमाडौं – चलचित्र ‘कबड्डी ४’ को प्रदर्शन मिति तय भएको छ । चलचित्रको छायांकन नै प्रारम्भ नभई यसको निर्माणपक्षले प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र आउँदो बर्षको असोज १५ गतेबाट रिलिज हुने निर्माणपक्षले जानकारी दिएको छ ।
दशैंको घटस्थापना भन्दा १ साता अगाडि यो चलचित्र रिलिज हुने पक्का भइसकेको छ । निर्माणपक्षले यो चलचित्रलाई कबड्डी सिरिजको अन्तिम चलचित्र समेत भनेको छ । रामबाबु गुरुङको निर्देशनमा तयार हुने चलचित्रका लागि कलाकार भने फाइनल गरिएको छैन । तर, चलचित्रमा वुद्दि तामाङ, दयाहाङ राई, बिजय बराल लगायतले काम गर्ने पक्का जस्तै रहेको वुझिएको छ ।