काठमाडौं – मेयर कप क्रिकेटमा काठमाडौं मेयर ११ टिमको नेतृत्व सन्दीप लामिछानेले गर्ने भएका छन् । पाकिस्तानमा रहेका लामिछाने नेपाल फर्किएपछि पीसीआर टेष्ट हुनेछ, र नेगेटिभ रिपोर्ट आए उनले खेल्ने क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिएका छन् ।
शनिबार सुरु हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, वागमती प्रदेश र काठमाडौं मेयर ११ क्लबले प्रतियोगितामा सहभागि हुने छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ । म्यान अफ दि सिरिजलाई ५० हजार, वेष्ट बलर र ब्याट्सम्यानलाई २५÷२५ हजार र म्यान अफ दि म्याचलाई ५ हजार दिइने क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)ले जानकारी दिएको छ ।