काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा आज छापावाला सुन ९ सय रुपैयाँले घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।
यसैगरी तेजाबी सुन तोलाको ८५ हजार १ सय ५० रुपैयाँ मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा ८६ हजार ५० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । तोलामा १ हजार २ सय ८५ रुपैयाँमा बिहीबार कारोवार भएको चाँदी आज भने १ हजार २ सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।