काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज नेपालमा थप १ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आजको यो सङ्ख्यासँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको छ ।
मन्त्रालयका अनुसार आज ७८ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको छ । हाल देशभर ७ सय ९५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । आज देशभर ५ हजार ५ सय ३६ पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १० पुगेको छ ।