काठमाडौं – फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिताको सञ्चालन गर्न लागेका हुन् ।
यही फागुन २४ गतेदेखि २७ गतेसम्म प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने सिरिजङ्घाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिनुभएको छ ।
यो । गाउँपालिकाका ८ वडामा ८ खेलाडीले सहभागी बन्न पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार रुपैयाँका साथ रनिङ कप, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुने टोलीलाई २० हजार र सान्त्वना पुरस्कारवापत १० हजार रुपैयाँ प्रदान गर्ने उहाँले बताउन ुभएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, उदयीमान खेलाडीलाई ३ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजारले पुरस्कृत प्रदान गर्ने पालिकाले जानकारी दिएको छ । वडास्तरमा गरिने खेलाडी छनोटमा आवश्यक व्यवस्थापन गर्न प्रतिवडामा २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइने जनाइएको छ ।
यही चैत १३ गतेदेखि चैत १५ सम्म फुङ्लिङमा मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । फुङ्लिङ उपप्रमुखले बमबहादुर भट्टराईले प्रतियोगिताका विजेताले २ लाख २१ हजार १ सय रुपैयाँका साथ रनिङ कप पाउने जानकारी दिनुभएको । उपविजेता टोलीले १ लाख ११ हजार १ सय रुपैयाँका साथ कप पाउनेछ, भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही ३३ हजार रुपैयाँ सहित कप प्रदान गरिने छ ।