काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । बुधबार तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर ८६ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
बुधबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको थियो । आजका लागि तेजावी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको महासंघले जानकारी दिएको छ । बुधबार १३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको प्रतितोला मूल्य आज १ हजार २ सय ८५ रुपैयाँ तोकिएको छ ।