काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मुल्यमा वृद्वि भएको छ । मंगलबार तोलामा १ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने ५ सय रुपैयाँले बढेको छ ।
मंगलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुन आज ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन मंगलबार तोलामा ८६ हजार ५ सय ५० रुपैयाँमा कारोवार भएकोमा आज भने तोलामा ८७ हजार ५० रुपैयामा कारोबार भएको छ ।
यस्तै आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार २ सय ९० रुपैयामा कारोवार भएको चाँदी आज १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको छ ।