दुबईको शाहजहाँदेखि लखनऊका लागि उड्दै गरेको इन्डिगो एयरलाइन्सको जहाज आज मेडिकल इमर्जेन्सीका कारण पाकिस्तानको कराँचीमा आपतकालीन अवतरण गरेको छ । तर बिरामी रहेका यात्रुको भने मृत्यु भएको छ ।
आज चिकित्सकीय आपतकालीन स्थितिका कारण हवाईमार्ग नै परिवर्तन गरेर जहाज पाकिस्तानको कराँची विमानस्थलमा उतार्नु परेको हो । तर बिरामी यात्रुको भने मृत्यु भएको छ । यता, इन्डिगोले आफ्नो बयानमा यात्रीको समय रहेसँग आपत्तकालीन चिकित्सकीय सेवा नमिलेका कारण कराँचीमा उतारे पनि चिकित्सकहरुले मृत घोषणा गरिदिएको जानकारी दिएको छ ।
इन्डिगोको ६इ १४१२ नम्बरको फ्लाइटबाट बिरामीलाई लखनऊ ल्याउँदै गरिए पनि आपतकालीन अवस्था आएपछि जहाज कराँचीमा अवतरण गरिएको थियो । एयरलाइन्सले बयानमा भनेको छ, ‘यो खबरले सबैजना दुखी भएका छौँ । पीडित परिवारप्रति हाम्रो समवेदना छ ।’