काठमाडौं – काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ६० ग्राम अवैध सुनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त सुनको ३ थान बाला र २ थान औंठीसहित स्याङ्जा चापाकोट नगरपालिका –६ घर भएका ४२ वर्षीय नगेन्द्रकुमार रानालाई सोमबार राति प्रहरीले पक्रउ गरेको हो ।
हिमालय एयरलाइन्सको विमानबाट साउदी अरेबियाको रियादबाट आएका रानालाई जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त सुनका गहना विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
रानालाई बरामद सामानसहित थप अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको ।