एजेन्सी – खेलको अन्त्यतिर बराबरी गोल फर्काउँदै भिनिसियस जुनियरले रियललाई रियल सोसिसाडबिरुद्ध हारहुनबाट बचाएका छन् । रियलका लागि १ सयौँ खेलमा गोल गर्दै भिनिसियसले रियललाई एक अंक दिलाउन सफल भएका हुन् । हारबाट जोगाएका छन् ।
पहिलो हाफमा नियन्त्रण बनाएको रियलका लागि मारियानो र राफायल भरानले २ मिनेटको अन्तरमा गरेको प्रहार पोष्टमा लाग्न पुगेको थियो । दोस्रो हाफमा भने सोसिडाडले सुधारिएको प्रदर्शन गर्यो । पोर्टुले नाचो मानरियालको क्रसमा टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको ६१ औं मिनेटपछि जिनेदिन जिदानले टोलीको फरवार्डमा तीनवटा परिवर्तन गरे । तीमध्ये एक भिनिसियसले लुकास भाज्क्वेजको क्रसमा गोल गर्दै टोलीलाई हारहुनबाट बचाएका थिए ।
बराबरीसँगै रियलको सबै प्रतियोगितामा पाँचको विजयी यात्रामा पूर्णविराम लागेको छ । त्यस्तै, टोलीले दोस्रो स्थानमा बार्सिलोनालाई उछिन्ने अवसर पनि गुमाएको छ । रियल सोसिडाड लिगको पाँचौ स्थानमा रहेको छ ।