काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । सोमबार तोलाको ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ हजार ७ सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले घटेर ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार २ सय ५० रुपैयाँ रहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।