काठमाडौं – गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा आज बिहान एक युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् । र शवको पहिचान भने अझै खुल्न नसकेको समेत प्रहरि नायव पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थनीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । डीएसपी पाण्डेका अनुसार बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको हो । शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ ।
सम्झनाको माइती पक्ष घटनास्थलमा अझै नपुगेकोले शवको पहिचान हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ । सम्झना बेपत्ता भएको २ दिनपछि फागुन २ गते सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।